३० बैशाख २०८३, बुधबार

दक्षिण भारतमा भारी वर्षाका कारण ६ जनाको मृत्यु

Logo
Pulse Khabar बुधबार, बैशाख ३०, २०८३

भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढले पछि तीन बालबालिका सहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।

मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ । स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना भक्तहरू प्रकोपका काराण पीडित भएको जनाइएको छ ।

तेज हावासहित भएको भारी वर्षा सुरु भए पछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र शरण लिएको जनाइएको छ । तीव्र हावाको काराण उक्त संरचनाको टिनको छाना र पर्खाल तिनीहरूमाथि खस्दा दुर्घटा हुनु पुगेको जनाइएको छ । उद्धार टोलीले छ जनाको शवको बरामद गरेको र घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार कार्य सम्पन्न भई सकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206