२९ बैशाख २०८३, मंगलबार

गण्डकी, कर्णाली , बागमती र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Logo
सौरभ फुयल मंगलबार, बैशाख २९, २०८३

सौरभ: नेपालमा हाल कायम विभिन्न मौसमी प्रणालीका कारण आज (मंगलबार) देशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव कायम छ ।

आज कोशी, बागमती र गण्डकी लगायतका चार प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । साथै देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको हो ।अहिले पश्चिमी न्यूनचापीय प्रणाली,स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको महाशाखाले जनाएको छ ।

 

सथै बागमती, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदली देखिएको छ । बागमती, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।मंगलबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने अनुमान गरिएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।अन्य पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको हुँदा राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरीएको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । मौसमविद्ले चट्याङ,र वर्षा मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206