२९ बैशाख २०८३, मंगलबार

विपन्न बालबालिकालाई कपडा वितरण

Logo
Pulse Khabar मंगलबार, बैशाख २९, २०८३

ढोरपाटन: यहाँको निसीखोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो ।

गाउँपालिकाभित्रका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६ देखि १२ वर्ष उमेरका बालबालिकालाई म्याट सेट, झुल, झोला, सिरक, ट्रयाकसुटलगायत सामग्री उपलब्ध गराएको रोटरी क्लब अफ हिमालयन ग्लोफोर्सका अध्यक्ष भाइराजा पाण्डेले जानकारी दिनुभयो । दूरदराजका बालबालिकाको पढाइलाई सहजता बनाउन कपडा वितरण गरिएको उहाँको भनाइ छ ।

पाण्डेले भन्नुभयो, “हामीले विकटमा रहेका विपन्न बालबालिकाका लागि विगतदेखि सहयोग गर्दै आएका छौँ, यसपटक निसीखोला गाउँपालिकाका बालबालिकालाई कपडालगायतका सामान वितरण गरेका हौँ, आगामी दिनमा पनि अरु क्षेत्रमा वितरण गर्ने हाम्रो योजना छ ।”

निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज सापकोटाले सो संस्थाको यो सहयोगले यस क्षेत्रका बालबालिकालाई पढाइप्रति रुचि बढाउने बताउनुभयो । आर्थिक अभावमा निसीखोला क्षेत्रमा धेरै बालबालिकाले विद्यालय पोसाक किनेर लगाउन नसक्ने अवस्था रहेकाले संस्थाको सहयोगले ठूलो राहत मिलेको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206