२९ बैशाख २०८३, मंगलबार

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

Logo
Pulse Khabar मंगलबार, बैशाख २९, २०८३

पर्वत : सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् । अब कुश्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ । निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । नवनिर्मित फलेवास नगरपालिका भवनको सोमबार नगरप्रमुख गङ्गाधर तिवारीले उद्घाटन गर्नुभयो । सो भवन कालीगण्डकी प्रदीप जुम्ली जेभीले २०७८ साल भदौ २१ मा सम्झौता भई निर्माण सुरु भएको थियो ।

नौ करोड एक लाख ५३ हजार २०० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा तीनतला र ४२ कोठा छन् । जसमा तीनवटा सभाहलसहित खानेपानी, विद्युत्, शौचालय जस्ता सुविधा छ । त्यसैगरी, नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा भवन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । भवन निर्माणका लागि स्थानीय बासिन्दाले ६२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन उद्घाटन गर्दै नगरप्रमुख तिवारीले अब नागरिकले नगरपालिकाबाट लिने सेवा सुविधा सहज हुने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206