१८ बैशाख २०८२, शुक्रबार

इलाम २ मा माओवादीले एमालेलाई सघाउने

Logo
Pulse Khabar बिहिबार, चैत्र २२, २०८०

विराटनगर । इलाम क्षेत्र नम्बर २ को आसन्न उपचुनावमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । माओवादीले आफ्नो उम्मेदवार नउठाउने र सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नै समर्थन गर्ने शीर्ष तहमा सहमति बनेको हो ।

माओवादीले यहाँबाट धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेको थियो । एकल सिफारिसमा परेका धीरेन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल बीच एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएकाले सुहाङलाई सहयोग गरेर जान निर्देशन आएको जानकारी दिनुभयो ।

केन्द्रमा सहमति भएसँगै हिजै निर्देशन आएको उहाँले बताउनुभयो । माओवादीले बझाङको प्रदेशसभामा आफूलाई छाड्नुपर्ने शर्तसहित इलाममा सुहाङलाई समर्थन गर्न तयार भएको बताउँदै आएको थियो । बझाङमा सहमति भए नभएको जानकारी आएको छैन् ।

इलाम २ मा नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्काको नाम चर्चामा छ । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा खड्काको पक्षमा छन् ।

रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने पहिचान पक्षधरको तर्फबाट डाकेन्द्रसिंह थेगिम मैदानमा छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राईलाई उम्मेदवारका रुपमा अघि सारेको छन् ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206