१४ बैशाख २०८३, सोमबार

जुम्लामा इ–पेन्सन सेवा सुरु

Logo
Pulse Khabar सोमबार, बैशाख १४, २०८३

जुम्ला: हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि इ–पेन्सन सुरु गरिएको छ ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको इ–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिनुभयो ।

सो सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रुपमा सेवा लिनुभएको छ । कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष नियन्त्रक अछामीले बताउनुभयो ।

इ–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जाने बाध्यता हटेको छ । समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206