०७ बैशाख २०८३, सोमबार

‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’

Logo
Pulse Khabar सोमबार, बैशाख ०७, २०८३

महेन्द्रनगर : मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री तिवारीले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै विद्यालयस्तरबाटै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञानको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मधेस प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति तथा पूर्वाधार विकासमा प्राथमिकता दिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको विगत, वर्तमान अवस्था र आगामी योजनाबारे प्रकाश पार्दै विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर अझ उकास्न आवश्यक सहयोगका लागि स्थानीय तह, अभिभावक तथा सम्बन्धित निकायसँग सहकार्यको अपेक्षा गर्नुभयो । सो अवसरमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत मेधावी तथा समावेशी छात्रछात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले १० विद्यार्थीलाई जनही रु १० हजार नगदसहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206