२५ चैत्र २०८२, बुधबार

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

Logo
Pulse Khabar बुधबार, चैत्र २५, २०८२

टक्सार :  कुटपिटबाट यहाँका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए ।

षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मङ्गलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206