२५ चैत्र २०८२, बुधबार

हुम्लामा हिमपातले जनजीवन कष्टकर

Logo
Pulse Khabar बुधबार, चैत्र २५, २०८२

सिमकोट: आज बिहानदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात सुरु भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमी, न्यालु, चालालगायत क्षेत्रमा हिमपात भइरहेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार उच्च भेगमा हिमपात भइरहेको छ भने होचो भेगमा पानी परिरहेको छ ।

जिल्लाको दक्षिणी भेगमा पानी परिरहेको छ । सदरमुकाम सिमकोटमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न असहज भएको छ । साथै सेवाग्राही पनि चिसोका कारण कमै उपस्थित हुने गरेका छन् । गाउँघरमा पानी पर्दा किसान खुसी भएका छन् । यतिबेला परेको पानीले कृषकलाई राहत हुने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206