०३ चैत्र २०८२, मंगलबार

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

Logo
Pulse Khabar सोमबार, चैत्र ०२, २०८२

चितवन: यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार प्राप्त संस्थाबाट स्वीकृत÷इजाजतपत्र नलिइ सञ्चालित शैक्षिक परामर्श केन्द्र र वैदेशिक रोजगार सेवा प्रदायक संस्था बन्द गराउन वा नवीकरण गर्न निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा यस्ता केन्द्र र संस्थाहरुले नियमित रुपमा कार्यालय सञ्चालन गर्ने गरेको ‘भिसा प्रोशेसिङ’्, रोजगार प्रत्याभूत जस्ता झुटा आश्वासन दिने गरेको पाइएकाले त्यस्ता संस्था कानुन अनुसार सञ्चालन हुन भनिएको छ । यो सूचनालाई अटेर गरी बसे प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206