०७ बैशाख २०८३, सोमबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

Logo
Pulse Khabar आइतबार, चैत्र ०१, २०८२

जलेश्वर: महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ । बर्दिवास १, २, ३ र १४ मा लामो समयदेखि खानेपानीको समस्या थियो ।

अहिले घरघरमा खानेपानीको धारा जडान भएको बर्दिवास ३ का आशा कुमारीले बताउनुभयो । बर्दिवास– १४ का विक्रम महतोले भन्नुभयो,“पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घटदै जाँदा चैत, वैशाखमा धमिलो पानी खान बाध्य थियौँ । अहिले धारा जडान भएपछि पानीको सङ्कट हटेको छ । ”

बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जडान गरेको धाराबाट पाँच हजार ९९८ परिवारले पानी सुविधा लिँदै आएका छन् । बर्दिवासको चुरेमा खानेपानीका तीन मुहान छन् । जुन चुरेको रातु खोलाको दहमा पर्छ । बर्दिवासको मूल सहरी क्षेत्रका वडामा दैनिक सात लाख लिटर खानेपानीको माग हुन्छ ।

हिउँद लागेपछि उपभोक्ताको माग धान्न खानेपानी समितिलाई समस्या हुने गरेको छ । रातु खोलाको सुनारमरे दहमा त्यसको मुहान छ । अहिले त्यो मुहान पनि खोला उत्खननले जोखिममा छ ।

दिनानुदिन बर्दिवासमा जनसङख्या बढ्दो छ भने पिउने पानीको मुहान घट्दो अवस्थामा छ । तर पनि आफूहरूले बर्दिवासवासीलाई खानेपानी खुवाउनका लागि दिनरात तत्पर रहने गरेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भुलन सेन ठकुरीले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206