१९ साउन २०८२, सोमबार

कर्णाली राजमार्गको लागि बजेटको माग

Logo
Pulse Khabar आइतबार, चैत्र १८, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद शाहीले जुम्ला जोड्ने राजमार्गको स्तरोन्नति नभएका कारण जनताले समस्या भोग्नु परेको भन्दै अब पनि त्यसका लागि बजेटको व्यवस्था नभए सदन र सडक दुवैमा आन्दोलन गर्ने बताउनुभएको हो ।

प्रमुख सचेतक शाहीले कर्णालीका नागरिकले पनि बाँच्न पाउने अधिकार भएकाले सरकारले त्यसको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले जुम्लाले मात्रै स्याउ, मार्सी धान, जडिबुटी लगायतबाट देशलाई करोडौं दिनसक्ने अवस्था भएकाले सरकारले त्यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

सांसद शाही कर्णाली राजमार्ग व्यवस्थित नहुँदा सवारी घुर्टनामा परी धेरैको ज्यान गएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206