१८ फाल्गुण २०८२, सोमबार

‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान

Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०५, २०८२

काठमाडौँ: साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११औँ जन्मजयन्तीका अवसरमा यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गरिएको छ ।

साढे छ दशक लामो साहित्य साधना गरी कविता, निवन्ध र कथा सृजना तथा साहित्य सन्ध्या संस्थामा नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सोमबार आयोजित कार्यक्रममा विनयलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ समालोचक प्रा डा दयाराम श्रेष्ठ, साहित्यकार कोशराज न्यौपाने, सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेल र पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवीले संयुक्त रूपमा सो सम्मान प्रदान गर्नुभएको हो । सम्मानका साथ रु ५० हजार राशि रहेको छ । कार्यक्रममा ‘साहित्य सदन’ प्राज्ञिक प्रकाशनको लोकार्पण पनि गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206