०३ चैत्र २०८२, मंगलबार

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया

Logo
Pulse Khabar सोमबार, माघ १९, २०८२

दमौली: तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाविन्दु देखिएका ८९ जनाको शल्यक्रिया गरिएको हो ।
शिविरमा छ सय जनाको आँखा परीक्षण गरिएकामा एक सय १७ जनामा मोतियाविन्दु देखिएको थियो । त्यसमध्ये ८९ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

सामान्य आँखा समस्या, दृष्टि कमजोर हुनु, आँखा दुख्ने जस्ता समस्या लिएर आएका सेवाग्राहीले निःशुल्क परामर्श तथा औषधि समेत प्राप्त गरेका थिए ।

लामो समयदेखि आँखाको समस्या भएपनि आर्थिक अवस्था कमजोर वा टाढा जान नसक्दा उपचार गर्न नपाएका धेरै नागरिक यस शिविरमार्फत पहिचानमा आएको उपाध्यायले बताउनुभयो ।

शल्यक्रियापछि सेवाग्राहीहरूले पुनः स्पष्ट देख्न पाएको अनुभव सुनाउँदै खुसी व्यक्त गरेका छन् । कतिपय ज्येष्ठ नागरिकले लामो समयपछि अनुहार चिन्न, किताब पढ्न र दैनिक कामकाज सहज भएको बताएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले शिविरले आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न सहयोग पुगेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै ग्रामीण भेगका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ शिविर सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिकाले आगामी दिनमा आँखा उपचार मात्र नभई अन्य स्वास्थ्य समस्यालाई लक्षित गरी पनि विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206