बिराटनगर: इतिहास ,संस्कृति ,परम्परा र जनसंख्याको आधारमा नेपाल हिन्दु राष्ट्र नै हो भन्ने भावनाका साथ आज बिराटनगर स्थित बिरेन्द्र सभाहलमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित प्रबुद्ध नागरिक गोष्ठी २०८२ सम्पन्न भएको छ।
डा भेषबहादुर धमलाज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कल्याण कुमार तिमिल्सिना (पुर्व अतिरिक्त प्रहरी महानिरिक्षक)ज्युको बिशेष आथित्यता तथा अच्युत कृष्ण खरेल (पुर्व प्रहरीमहानिरिक्षक)ज्युको प्रमुख आथित्यतामा सम्पन्न भएको गोष्ठीमा हिन्दु सनातन धर्मको रक्षाको लागि सबै सनातनिहरु एकजुट भएर लाग्नु पर्ने आजकोआवश्यकता रहेको सबैमा महशुस गराउनुभयो।