१८ बैशाख २०८२, शुक्रबार

भोजपुर विराटनगर हवाई उडान फेरी सुरु हुने

Logo
Pulse Khabar बुधबार, चैत्र १४, २०८०

भोजपुर ।  उडानबन्द भएको पाँच बर्षपछि भोजपुर– विराटनगर पुन हवाई उडान हुने भएको छ । नेपाल वायु सेवा निगमको जहाजले पुन उडानका लागि तयारी थालेको हो ।

नेपाल बायु सेवा निगमले आगामी चैत्र २२ गतेबाट सुरु गर्ने गरी उडान तालिका सार्वजनिक गरेको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश खडकाले जानकारी दिनुभयो । उडान तालिका अनुसार अब भोजपुर–बिराटनगर हप्तामा दुई दिन बिहिवार र शनिवार उडान हुने छ । बिमान अभाव लगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाण्डौ उडान तालिका कायम राख्दै बिराटनगर उडान बन्द गरेको थियो । २०७६ सालबाट बिराटनगर उडान हुन सकेको थिएन ।

निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेशन प्रमुख खडकाको भनाई रहेको छ । हवाई उडान बन्द हुदाँ भोजपुर जिल्ला अस्पतालबाट सुबिधा सम्पन्न अस्पताल लान सिफारिस गरेका बिरामीहरु, ज्येष्ठ नागरिकहरुलाई समस्या हुदै आएको छ ।

ज्येष्ठ नागरिक र बिरामीहरुलाई समस्या भई रहेको भन्दै प्रदेश राजधानीसँग हवाइ यातायातबाट जोडिनु पर्ने माग भोजपुरवासीले राख्दै आएका थिए । नेपाल बायु सेवा निगम भोजपुरले भोजपुर विराटनगर भाडा चार हजार २९ रुपैयाँ कायम भएको जनाएको छ । इसेवा मार्फत पनि टिकट लिने सकिने छ । भोजपुरमा रहेको एक मात्र बिमानस्थलमा नेपाल बायु सेवा निगमको जहाजले मात्र हप्तामा चार उडान काठमाण्डौ गर्दै आएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206