२० मंसिर २०८२, शनिबार

कर्णालीका कम्युनिष्ट नेता क.बोगटी

Logo
Pulse Khabar शनिबार, मंसिर २०, २०८२

क.गोरखबहादुर बोगटी

समाजमा सकारात्मक परिवर्तन हुनुपर्छ र आउने पिढिको लागि उदाहरण बन्नु पर्छ भन्ने सोचका साथ २०४० साल तिर गुल्मी जिल्लाको तम्घास स्थित रेसुङ्गा क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दैगर्दा सर्वप्रथम तत्कालीन नेकपा मालेका भूमिगत नेताहरुसँग सम्पर्क हुन गई वामपन्थी विचारको जानकारी प्राप्त गर्ने अवसर मिले संगै कम्युनिष्ट आन्दोलनमा कदापी बिचलित नभई “जनताको बहुदलीय जनवाद” एक प्रमुख राजनीतिक विचारधारा हो भन्ने बुझाई सहित यस विचारधाराले  नेकपा (एमाले) र यसका सम्बद्ध पक्षहरूलाई मार्गदर्शन गर्न मार्क्सवाद-लेनिनवादलाई बहुदलीय लोकतान्त्रिक ढाँचा भित्र शान्तिपूर्ण, प्रतिस्पर्धात्मक माध्यमबाट सामाजिक रूपान्तरणको लागि वामपन्थी रणनीतिहरू विकास गर्न जोडदै ,यो अवधारणा नेपालमा कम्युनिस्ट एकता र भविष्यको दिशाको बारेमा चलिरहेको छलफलमा सान्दर्भिक गन्तव्य सहित आफनो सम्पुर्ण जीवन समाज अनि रास्ट्रको लागि केही नया गरौ जसबाट हाम्रा आउने सन्ततीलाई सदैव राष्ट्र प्रति उच्च सम्मान सहित सहज तरिका ले स्वास्थ्य / शिक्षा को पहुच बनाई सबै देशवासीका लागि उदाहरण बन्ने प्रयास अन्तर्गत २०४१ देखि २०४२ सम्म अनेरास्ववियु एकताको गुल्मी जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो ।

कम्युनिष्ट आन्दोलनमा अगाडी बढने क्रममा २०४१ देखि २०४३ सम्म रेसुङ्गा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएर बिध्यार्थी आन्दोलनमा समेत सहभागी भई आफ्नो नेतृत्वमा क्याम्पसमा गुणस्तरीय शिक्षाको शुरुवाती विकाशमा योगदान पुर्याएको सर्वबिदितै छ , यसरी नै २०४३ देखि २०४५ सम्म पाल्पा तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै गर्दा अनेरास्ववियु एकताको पाँचौँ, क्याम्पस प्रारम्भिक कमिटी सचिव भएर सेवा गर्ने अवसर प्राप्त गर्नु भएको थियो।

यसरी नै नेतृत्व र सेवा संगै उच्च शिक्षा हासिल गर्ने क्रममा २०४३ देखि २०४५ सम्म पाल्पामा अध्ययन संगै भूमिगत रुपमा नेकपा मालेको युथ लिगमा संगठित भएर पार्टीको आन्तरिक गतिविधिमा संलग्न भई काम गर्नु भयो जुन हाल पनि कम्युनिष्ट आन्दोलनको सिकाइको लागी उदाहरणको रूपमा लिन सकिन्छ। २०४५ सालमा हुम्ला जिल्लाको सुर्योदय माध्यमिक विद्यालयमा अध्यापन गर्दै गर्दा भूमिगत रुपमा स्थानीय युवाहरुलाई सम्मिलित गराई ‘प्रगतिशील अध्ययन समूह’ गठन गरी स्थानीय युवाहरुमा नेकपा मालेको विचार प्रवाह गर्ने काम गर्दै २०४६ मा हुम्लामा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक जिल्ला अध्यक्ष जुन ६ महिना मात्र काम गर्ने अवसर मिलेको थियो।

“जनताको बहुदलीय जनवाद” का व्याख्याकार साथै युवा शक्ति माथि बढी विश्वाश राख्ने बौद्धिक नेताको रुप मा परिचित कर्णालीको सम्मानित नेता २०४६ मा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय सदस्य, २०४७ मा हुम्ला जिल्लाको नेकपा मालेको संस्थापक जिल्ला सचिव र २०४७ देखि २०६१ सम्म नेकपा एमाले हुम्ला जिल्ला कमिटी सचिव भई पुर्ण रूपमा पार्टी को काम मा निरन्तर लाग्दै आगडि बढने क्रममा २०५६ मा नेकपा एमालेको तर्फबाट हुम्ला जिल्ला प्रतिनिधिसभा सदस्य (सांसद) मा निर्वाचित भए । २०६१ देखि २०६५ सम्म नेकपा एमाले कर्णाली अञ्चल समन्वय कमिटी सचिव साथै २०६५ को आठौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भइ २०७१ सम्म कर्णाली अञ्चल समन्वय कमिटी इञ्चार्जको जिम्मेवारी पुरा गर्ने अवसर पनि प्राप्त भयो।

यसरी नै राजनैतिक तथा बैचारिक नेता को रूपमा देशभरी परिचित अभियान अन्तर्गत २०७१ को नवौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित र सोही वर्ष पार्टीको स्थायी कमिटी निर्णयबाट वैकल्पिक पोलिटब्युरो सदस्य हुदै २०७१ देखि २०७३ सम्म पुनः नेकपा एमालेको कर्णाली अञ्चल समन्वय कमिटीको इञ्चार्जको जिम्मेवारी प्राप्त गरि काम गरोएको सर्वबिदितै छ।

संघीय संरचना अनुसार पार्टी कमिटीलाई पुनर्गठित गर्ने क्रममा २०७३ देखि २०७४ सम्म तत्कालीन नेकपा एमाले, प्रदेश नम्बर ६,संगठन कमिटीको सचिवालय सदस्य भई काम गर्दै जादा २०७५ जेठ ३ गते, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुने अवसर प्राप्त भयो। वि.सं.२०७५ असोजदेखि २०७७ सम्म नेकपा, कर्णाली प्रदेश कमिटीको अध्यक्ष र हाल वि.सं.२०७८ देखि २०८१ असारसम्म नेकपा(एमाले) को स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सहइञ्चार्ज र वि.सं.२०८१ साउनदेखि कर्णाली प्रदेश इञ्चार्ज भई सेवा प्रवाह गरिरहनु भएको छ।

लेखन क्षेत्रमा बढी नै रुचि राख्नुहुने बौद्धिक नेताको हाल वहाबाट लिखित केही प्रकाशित कृतिहरु “श्रीनगरदेखि बल्खुसम्म” ” कर्णालीमा कम्युनिस्ट आन्दोलन,२०७२” “कर्णाली प्रदेश :विगत, वर्तमानको यथार्थ र समृद्धिका उपायहरु,२०७५” “कर्णालीमा पर्यटन विकासका सम्भावनाहरु २०७८” “समकालीन विचारहरु,२०८१” रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206