०१ माघ २०८२, बिहिबार

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही

Logo
Pulse Khabar बिहिबार, मंसिर ११, २०८२

काठमाडौँ: प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको छ । काउन्सिलका अनुसार मडियाअन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकामा कारबाही गर्दै अब उप्रान्त त्यस्ता सामग्री सम्प्रेषण नगर्न÷नगराउन निर्देशन एवं सचेत गराइएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो ।

काउन्सिलले मिडियाकै झल्को दिने तर दर्ता÷अभिलेख नभएका पत्रकारिताकै बदनाम गर्ने गरी सञ्चालित १० वटालाई त्यस्ता सामग्री स्थगन गर्न र नियमानुसार दर्ता/अभिलेख गरी कानुन, आचारसंहिता एवं पेसागत मूल्य मान्यता तथा आचरणको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न÷गराउन निर्देशन एवं सचेत गराएको जनाएको छ । काउन्सिलका अनुसार कुनै सम्पर्क ठेगाना नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको छ ।

गलत, निराधार, भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधिनता विरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवं थम्बनेल बनाइ जनमानसमा भ्रम फैलाउने, उत्तेजित बनाउने, त्रसित पार्ने अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने कार्य प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरीत कार्य भएको काउन्सिलको भनाइ छ । काउन्सिलले त्यस्ता सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रकिया अघि बढाइएको सहप्रवक्ता बोहराले बताउनुभयो ।

पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, गालीगलौजपूर्ण, घृणा तथा द्वेष फैलाउने सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम र सो अन्तर्गत रहेका युट्युब च्यानललगायत सामाजिक सञ्जाल, आमपत्रकार, सञ्चारकर्मीसहित सामाजिक सन्जालका प्रयोगकर्ताहरूमा काउन्सिलको अपिल छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206