२६ जेठ २०८२, सोमबार

बंगलादेशबाट आएर मोरङमा ठगी धन्दा चलाउने दुई जना पक्राउ

Logo
Pulse Khabar बुधबार, फाल्गुण ३०, २०८०

विराटनगर । मोरङको सुन्दरहैचा नगरपालिका ८ सलकपुरमा परोपकारी संस्थाको नाममा चन्दा उठाएर कागजात दूरुपयोग गर्ने दुई बंगलादेशी नागरिकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

परोपकारी संस्था डब्लु बि.एस.सी कम्पनीबाट आएको भन्दै स्थानीयलाई प्रलोभनमा पारेर एक हजार रुपैयाँदेखि १५ सय रुपैयाँसम्म दिएर स्थानीयको फोटो र नागरिकताको प्रतिलिपी लिने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले स्थानीय ३० जनाको नागरिकताको प्रतिलिपि र फोटो लिएका थिए । मोरङ प्रहरीले काठमाडौं २३ की सुनिता खत्री, बंगलादेशको राजधानी ढाकाका महमद महबुर हुसेन, बंगलादेशको सीतागञ्जका तानवीरर हुसेनलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १५ थान एनसेलको सीम, सुनिता खत्री र तानवीर मिया दर्जीको नाममा रहेको दुई थान राहदानी, एटिएम कार्ड र ४ वटा मोबाइल बरामद गरेको छ । उनीहरुले ब्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र लिएर दूरुपयोग गर्दै अनाधिकृत रुपमा डिजिटल वालेटमा खाता खोल्ने, अनलाइन माध्यमबाट ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206