०१ माघ २०८२, बिहिबार

शान्ति सुरक्षामा असरपर्ने कुनै अभिव्यक्ति र गतिविधि नगर्न आग्रह

Logo
Pulse Khabar मंगलबार, मंसिर ०२, २०८२

राष्ट्रिय मानव अधिकार आयोगले देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न सरकार, राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको सवालमा गम्भीर हुन आग्रह सबैलाई आग्रह गरिएको छ ।

कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसतर्फ गम्भीर हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।

“देशको शान्ति सुरक्षामा असरपर्ने खालका अभिव्यक्ति र गतिविधि नगर्न आयोग राजनीतिक दल, अभियन्ता र आमनागरिकलाई आग्रह गर्दछ ।” अभियन्ता दुर्गा प्रसाइँलाई पक्राउ गरिएको घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको र आजै आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाइँ र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी जानकारी लिएको बताइएको छ ।

आयोगले प्रसाइँलाई आज राति १२.३० बजे निजको निवास सानो ठिमी, भक्तपुरबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको, प्रहरी प्रतिवेदनअनुसार सार्वजनिक शान्तिसुरक्षा विरुद्धको अनुसन्धानका लागि पक्राउ गरिएको भनी निजलाई पक्राउ तथा थुनुवा पूर्जी दिइएको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206