१८ बैशाख २०८२, शुक्रबार

मासिक १ सय २० अर्ब रेमिट्यान्स भित्रिँदै

Logo
Pulse Khabar आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । गएको साउनदेखि माघ महिनासम्म नेपालमा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक १२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ अर्थात मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिरहेको छ । अघिल्लो आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यो वर्ष बढेको देखिएको छ । ७ महिनाको तथ्यांक तुलना गर्दा २०७९ माघको तुलनामा माघ २०८० मा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ं४ प्रतिशतले मात्र बढेको थियो ।

श्रम स्वीकृति लिने संख्या भने अघिल्लो वर्षको भन्दा कम भएको छ । यस वर्ष माघसम्म २ लाख ४७ हजार १२ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० जना रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206