०७ माघ २०८२, बुधबार

नेकपा(एमाले)को एघारौँ महाधिवेशन आयोजना र प्रतिनिधित्व सम्वन्धि निर्णय 

Logo
Pulse Khabar सोमबार, कार्तिक १७, २०८२

नेकपा(एमाले)को एघारौँ महाधिवेशन आयोजना र प्रतिनिधित्व सम्वन्धि पार्टीको एघारौँ महाधिवेशन काठमाडौँमा ऐतिहासिक जनसभाका साथ मंसिर २७-२९ मा आयोजना गर्ने गरि महाधिवेशनमा करिब २१ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रतिनिधि चयन सम्बन्धी व्यवस्था तपशिल अनुसार रहने छ जस अन्तर्गत प्रतिनिधि चयन मिति २०८२ मंसिर १३ गते, देशभरका सबै स्थानमा एकै दिन हुनेछ साथै प्रतिनिधिको नाम पठाउने अन्तिम मिति २०८२ मंसिर १५ गतेभित्र तोकिएको छ।

महाधिवेशन सहभागी शुल्क निम्न अनुसार रहेको छ ।

आयोजक प्रतिनिधिका लागि रु ३,०००, निर्वाचित प्रतिनिधिका लागि रु २,०००

प्रतिनिधि चयनको अनुपातलाई लाइ १,२०० पार्टी सदस्यवाट ४ जना प्रतिनिधि चयन गरिनेछ भने जसमा १ जना महिला,१ जना ४० वर्षमुनिको युवा, र २ जना खुला प्रतिनिधि रहनेछन्। प्रत्येक थप ८०० सदस्यमा १ जना प्रतिनिधि थपिनेछ। पहिलो प्रतिनिधि महिला हुने र चौथोमा पुनः महिला समावेश गरिनेछ। एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रतिनिधि चयनको इकाई मानिनेछ। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला वा गैरभौगोलिक जिल्लाहरूमा , जिल्ला नै निर्वाचन इकाई हुने व्यवस्था गरिएको छ।

विशेष निर्वाचन इकाई यस प्रकार रहनेछ जस अन्तर्गत दलित समुदायको निर्वाचन इकाई जिल्ला रहने छ । प्रत्येक ५०० मा एकजना प्रतिनिधि हुनेछ। ट्रेड युनियनको हकमा भूगोलको प्रदेशवाट २ महिला सहित ७ जना ।केन्द्रीय सल्लाहकार परिषदबाट २५ जना निर्वाचित हुनेछ।

प्रत्येक प्रदेश कमिटीबाट ५ जना  र पार्टी–सम्बद्ध जनसंगठनहरूबाट ५ जना (जसमध्ये २ जना महिला अनिवार्य) हुनुपर्नेछ । महासंघीय ढाँचाका संगठनहरूबाट २ महिला सहित ७ जना र प्रवासको हकमा भारत प्रवास र महादेश कमिटीवाट २ महिला सहित ५ जना , विभाग र केन्द्रीय कार्यालयबाट एक–एक जना सहित केन्द्रीय कमिटीबाट मनोनित प्रतिनिधिको संख्या कुल प्रतिनिधिको ५ प्रतिशत रहनेछ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206