०२ कार्तिक २०८२, आइतबार

श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत

Logo
Pulse Khabar आइतबार, कार्तिक ०२, २०८२

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-३ को सिमाना अर्जेखोलामा पर्ने झोलुङ्गे पुलको स्थानीयले श्रमदानबाट मर्मत गरेका छन् । बरङ्जाको न्यू स्टार युवा क्लबको अगुवाइमा स्थानीयले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका हुन् ।

करिब २० वर्षअघि निर्माण भएको उक्त पुलमा बिछ्याइएको काठको फल्याक खस्नुका साथै भाचिँएपछि जीर्ण बनेको थियो । मर्मत भएपछि जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या अन्त्य भएको स्थानीय बताउँछन् ।

स्थानीयद्वारा उपलब्ध टुनीको रुख काटेर फल्याक बनाइएको थियो । पुरानो फल्याक हटाउन र नयाँ राख्न शनिबार करिब एक सय स्थानीयले श्रमदान गरेका क्लबका अध्यक्ष गणेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार काठ काट्न र सामग्री खरिद गर्न रु ६६ हजार ६०० खर्च भएको छ ।

अहिले पनि स्थानीयबाट सहयोग जुट्ने क्रम जारी रहेको अध्यक्ष केसीले बताउनुभयो । करिब ३० मिटर लामो उक्त पुल मर्मतपछि अर्जेखोला, खर्क, बनाहपिङ्गे, थामडाँडा, सिङ्गा, तातोपानीलगायत क्षेत्रका बासिन्दा लाभान्वित हुने उहाँको भनाइ छ ।

सडक, यातायातको सुविधा पुग्नुअघि बरङ्जाका बासिन्दा तातोपानी र बेनी बजार आउजाउ गर्न यही झोलुङ्गे पुल हुँदै पदमार्गको प्रयोग गर्दथे । बिजुली आमा समूह, सामुदायिक वन, बि एण्ड पी क्लबलगायत स्थानीय सङ्घसंस्थाले पनि पुल मर्मतमा सहयोग गरेका क्लबका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206