१८ बैशाख २०८२, शुक्रबार

धरानमा विमानस्थल बन्न सक्दैन : प्राधिकरण

Logo
Pulse Khabar मंगलबार, फाल्गुण १५, २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न असम्भव रहेको जनाएको छ । धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटक पटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आउनुभएको थियो । उहाँले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किराँतीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने माग राख्नु भएको थियो ।

मेयर साम्पाङको आग्रहपछि मन्त्री किराँतीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिनुभएको थियो । त्यही अध्ययन समितिले दिएको सुझावका आधारमा प्राधिकरणले आज धरानमा विमानस्थल निर्माण सम्भव नभएको जनाएको छ । नजिकै विराटनगरमा विमानस्थल रहेकाले पनि धरानमा विमानस्थल बनाउन प्राविधिक हिसाबले पनि कठिन हुने प्राधिकरणको भनाइ छ । तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेको छ ।

धरान बजारबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा रहेको छ । यातायातको सहज उपलब्धता र धरान क्षेत्रको भौगोलिक अवस्थितिले पनि वान वे अप्रोच मात्र सम्भव रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले धरानमा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको जनाएको छ । साथै विभिन्न प्राविधिक तथा सञ्चालनसम्बन्धी व्यवधानले धरानमा विमानस्थल बनाउन सम्भव नभएको निष्कर्ष निकालेको हो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206