
काठमाडौं । आन्दोलनरत् लघुवित्त पीडितहरु सुरक्षा घेरा तोड्दै संसद भवनमा परिसरमै प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका थिए ।उनीहरु संसदको तीन नम्बर गेटबाट भित्र प्रवेश गरेका हुन् । संसद भवन भित्रै प्रदर्शन गर्दै उनीहरुले आफूहरु गोली खान समेत तयार रहेको बताए ।
सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।