

झापा । यसवर्षको दसैँ बिदामा झापा जिल्ला अदालत बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको सुनुवाइका लागि खुला रहने भएको छ ।
अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत सञ्चालन हुनेछ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिएर सुनुवाइ गर्न अदालत खुला गरिने जानकारी दिए ।
अन्य सरकारी कार्यालयहरूले दसैँमा सामान्यतया ६ दिन मात्र बिदा दिने गरे पनि देशभरका अदालतहरूले भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा रहेको छ ।