१० कार्तिक २०८२, सोमबार

सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन

Logo
Pulse Khabar सोमबार, आश्विन ०६, २०८२

सिरहा । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सिरहाका आधा दर्जन (छ वटा) पालिकाले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा ती पालिकाहरूको खाता सञ्चालनमा आउन नसकेका हुन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी तथा कोष नियन्त्रक दीपेशकुमार शर्माका अनुसार, जिल्लाका १७ मध्ये ११ वटा पालिकाको खाता सञ्चालनमा आइसकेको छ । बाँकी छ वटा पालिकाको खाता हालसम्म पनि सञ्चालनमा आएको छैन । खाता सञ्चालनमा नआएका पालिकाहरूमा धनगढीमाई, सुखीपुर, सिरहा नगरपालिका, साथै भगवानपुर, बिष्णुपुर र बरियारपट्टी गाउँपालिका रहेका छन् ।

शर्माका अनुसार, खाता सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर वा गाउँसभाबाट पारित गरी कार्यालयमा बुझाउनु आवश्यक हुन्छ । साथै, पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिएसम्म खाता सञ्चालन गर्न पाइँदैन । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोत खर्च गर्दा पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।

बैंक खाता सञ्चालन नहुँदा ती पालिकाहरूमा कर्मचारीको तलब, भत्ता, विकास निर्माणलगायतका आर्थिक गतिविधिहरू प्रभावित भएका छन् । हालसम्म खाता सञ्चालनमा आइसकेका ११ पालिकामा सखुवानन्कारकट्टी, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा, औरही, नरहा गाउँपालिका र लहान, गोलबजार, कल्याणपुर, कर्जन्हा, मिर्चैया नगरपालिका रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206