१७ बैशाख २०८२, बिहिबार

६ शुभेच्छुक संघसंस्थाले गरे महासमिति बैठक बहिस्कार

Logo
Pulse Khabar मंगलबार, फाल्गुण ०८, २०८०

काठमाडौं । नेपाली काँग्रेसको गुट विवाद महासमिति बैठकमा पनि देखिएको छ । ६ शुभेच्छुक संघसंस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् । ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनले बैठक बहिष्कार गरेका हुन् ।

आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै यी ६ संघसंस्थाहरूले बैठक बहिष्कार गर्नु परेको उल्लेख गरेका छन् । पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै बहिस्कार गर्ने संघसंस्थाहरुले जानकारी दिए । संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी काँग्रेसले निर्णय गरेको थियो । ललितपुरको गोदावारीमा हिजोबाट सुरु भएको महासमिति बैठकमा आज देखि बन्द सत्र सुरु हुँदैछ ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206