०२ माघ २०८२, शुक्रबार

‘जेनजी’ प्रदर्शनमा मृत्यु हुनेको संख्या १९, घाइते ३४७ पुगे

Logo
Pulse Khabar सोमबार, भाद्र २३, २०८२

काठमाडौं । ‘जेनजी’ पुस्ताको नाममा सोमबार भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने घाइतेको संख्या ३४७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा उपचाररत अवस्थाको विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार, सिभिल अस्पतालमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको छ र हाल १०० जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा आठजनाको मृत्यु भएको छ भने ५९ जना उपचाररत छन्। वीर अस्पतालमा ६ जना उपचार भइरहेको छ।

बानेश्वरस्थित एभरेस्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ भने १०२ घाइते उपचाररत छन्। त्यसमध्ये आठजनालाई अन्यत्र रेफर गरिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जना उपचाररत छन्। त्यहाँ दुईजनाको मृत्यु भएको छ र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ।

नर्भिक अस्पतालमा ३ जनाको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा १८ जना उपचाररत छन् भने एकजनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, विराट मेडिकल कलेजमा चार, दमक अस्पतालमा सात जना उपचाररत छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206