२४ भाद्र २०८२, मंगलबार

काठमाडौं गोलीकाण्डपछि छानबिन समिति, सामाजिक सञ्जाल रोक्ने निर्णय भएन फिर्ता

Logo
Pulse Khabar सोमबार, भाद्र २३, २०८२

काठमडौं । काठमाडौंमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली प्रहारमा कम्तिमा १९ जनाको ज्यान गएको घटनापछि मन्त्रिपरिषद्ले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा रहने सदस्यहरूको टुंगो भने अझै लागेको छैन।

आज राजधानीसहित विभिन्न शहरमा भएको आन्दोलनमा व्यापक जनआक्रोश चुलिएपछि सरकार दबाबमा परेको थियो। यसैबीच, आज बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जाल निष्क्रिय बनाउने सम्बन्धी अघिल्लो निर्णयबारे पनि छलफल भएको थियो। तर, उक्त निर्णय फिर्ता गर्ने विषयमा कुनै ठोस नतिजा नआएको एक मन्त्रीले जानकारी दिए।

बैठकमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालसम्बन्धी निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका थिए। उनका अनुसार, प्राविधिक र कानुनी कुरा नबुझेका सर्वसाधारणले भोगिरहेको सहजता खोस्दा असन्तुष्टि बढेको छ। उनले समस्या समाधानका लागि दर्ता प्रक्रियालाई कूटनीतिक तहबाट अघि बढाउनुपर्ने सुझाव पनि दिएका थिए।

नेपाली कांग्रेसका अन्य मन्त्रीहरूले समेत निर्णय फिर्ता लिनुपर्नेमा जोड दिएका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै निर्णय गर्ने बताएका छन्।

लगातारको आन्दोलन, जनगुनासो र ठूला घटनाले सरकारले तत्कालीन संवेदनशील मुद्दामा चाँडो निर्णय गर्नुपर्ने दबाब बढाएको देखिन्छ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206