०४ आषाढ २०८२, बिहिबार

आजदेखि काँग्रेस महासमिति बैठक बस्दै

Logo
Pulse Khabar सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज दिउँसोबाट सुरू हुँदैछ । गोदावरी सनराइज ललितपुरमा महासमिति बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।

महासमिति बैठकको उद्‌घाटन सभापति शेरबहादुर देउवाले गर्नुहुने छ । महासमिति बैठकमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १ हजार ७ सय ८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी हुने छन् ।

प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेश हुने हुन् छ । यसरी प्रस्तुत भएका प्रतिवेदनमाथि समुहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206