२६ जेठ २०८२, सोमबार

मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रतिपक्षीको माग

Logo
Pulse Khabar आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलले भौतिक पूर्वधार तथा यातायात मन्त्रीको राजीनामा माग गरेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गर्दै यस्तो माग गरेका हुन् ।

सांसदहरुको अवरोध पछि सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गर्नुभयो । गएको पुस १३ गते कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै ललितपुरको बालकुमारीस्थित ईपिएस कोरिया शाखाको कार्यालय तथा चक्रपथमा प्रर्दशन भएको थियो । सोही प्रदर्शनको क्रममा दुई युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भएको र त्यसको अध्ययन गर्न सरकारले बनाएको आयोगले बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भयो भन्ने निष्कर्ष दिएको भन्दै एमाले सचेतक बर्ताैलाले मन्त्री ज्वालाको राजीनामा माग गर्नुभयो ।

उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनले बर्खास्तीको माग गर्नुभयो । त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा माग गर्नुभयो । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गनुभयो ।

बालकुमारी घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला झन्डा हल्लाउँदै घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको बताइन्छ । प्रदर्शनमा मन्त्री ज्वाला नगएको भए अवस्था गम्भीर नबन्न सक्ने छानबिन समितिको निष्कर्षलाई आधार मानेर विपक्षी दलहरुले मन्त्री ज्वालाको नैतिकताको आधारमा राजीनामा माग गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206