०२ माघ २०८२, शुक्रबार

डेङ्गु नियन्त्रण अभियान खोटाङमा सुरु

Logo
Pulse Khabar मंगलबार, भाद्र ०३, २०८२

खोटाङ । पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ। जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु पुष्टि भएपछि सोमबारदेखि अभियान सञ्चालन गरिएको हो ।

अभियानको पहिलो दिन दिक्तेल बजारका ग्यारेज तथा चोक–चौतारामा खोजी गरेर लार्भा नष्ट गरिएको थियो । अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा, किरातचोक हुँदै हाटडाँडामा सम्पन्न भएको हो। अभियानमा जिल्ला समन्वय समिति, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंका अनुसार अभियानका क्रममा स्थानीयलाई डेङ्गुको असर, सर्ने तरिका र बच्ने उपायबारे जानकारी दिइएको छ । कार्यालयले जिल्लाका सबै स्थानीय तहमा लार्भा नष्ट अभियान सञ्चालन गर्न पत्राचारसमेत गरेको छ ।

डेङ्गुमा आँखामागाडि दुखाइ, वाकवाकी, मांसपेशी तथा हड्डी दुख्ने, छाला रातो हुनेजस्ता लक्षण देखिन्छन् । उपचार नभएकाले प्रशस्त पानी पिउनु, आराम गर्नु र ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नु मुख्य उपाय भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लामा स्क्रबटाइफसका १४ बिरामी पनि भेटिएका छन् । उपचार सम्भव नभएका दुई–दुई जनालाई काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206