२४ भाद्र २०८२, मंगलबार

चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित

Logo
Pulse Khabar शुक्रबार, साउन ३०, २०८२

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा चार सय ५४ जना, क्याप–आईआई तहमा चार सय चार जना र क्याप– आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसअनुसार क्याप– आईआईआई तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थी संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन् ।

परीक्षाको नतिजाबमोजिम चार्टर्ड एकाउन्टेन्सी आधारभूत तहमा प्रशेन्जित शाक्य, नलिना खनाल र रोशन महतले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान, मध्यम तह (क्याप–आईआई) मा अभिषेक दाहाल, मो सलमान र शिशिर अर्यालले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान र अन्तिम तह (क्याप– आईआईआई)मा सागर ज्ञवाली, स्मृति पौडेल र कुशल गौतमले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन् ।

साथै संस्थाले जुन २०२५ मा सञ्चालन गरेको सिए मेम्बरसिप फर एसिसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यहरूको वर्गवृद्धि परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ ।

परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको लब्धाङ्कपत्र तथा प्रमाणपत्र परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनपश्चात् वितरण गरिने छ । साथै, परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १० दिनभित्र पुनर्योग फाराम भरी निवेदन दिन सकिने जनाइएको छ । परीक्षार्थीले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट  www.ican.org.np मा हेर्न सकिने उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206