०२ माघ २०८२, शुक्रबार

बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा

Logo
Pulse Khabar सोमबार, साउन २६, २०८२

काठमाडौं । काठमाडौँको बौद्ध क्षेत्रमा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको रोपाइँ जात्रा (घोनाइ) सुरु भएको छ। गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रा मल्लकालदेखि नै निरन्तर रूपमा चलिआएको हो।

गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार, हिजो घिनतिङना कार्यक्रम सम्पन्न भएको र आज रोपाइँ जात्रा र ¥याली निकालिनेछ। यसमा हलगोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, हाँस्य–व्यङ्ग्य, युवा र बाल लाखे, झाँक्री, घोडा तथा विद्यालयका प्रस्तुती रहनेछन्। जात्रा बौद्ध स्तूप परिक्रमा गर्दै बौद्ध फूलबारी, बौद्ध गेट, पिपलबोट, टुसाल हुँदै पुनः बौद्ध गेटसम्म सम्पन्न हुनेछ।

आयोजक समितिका संयोजक जयमङ्गल लामाका अनुसार, यस वर्ष पनि विभिन्न विधामा सहभागीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ। वडाध्यक्ष भुवन लामाले काठमाडौँ महानगरपालिका–६ बाट गाईजात्रा, रोपाइँ जात्रा र घोनाइ जात्रा भव्य रूपमा सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

जानकारका अनुसार, सोह्रौँ र सत्रौँ शताब्दीदेखि नै रोपाइँ जात्रा मनाउने परम्परा रहेको छ। खेतीपाती सम्पन्न भएपछि खुसीयाली स्वरूप मनाइने यस पर्वमा घर–घरका सदस्य विभिन्न भेषभूषा र अभिनयसहित सहभागी हुने प्रचलन छ। बाजागाजासहितको ¥याली बौद्धस्तूप वरिपरिको सांस्कृतिक र ऐतिहासिक पहिचानको प्रतीकका रूपमा मनाइन्छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206