

काठमाडौं । थाइल्यान्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १० वर्षीया वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक हात पारेकी छिन् ।
यही साउन २४ र २५ गते भएको प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागी थिए । थाइल्यान्डको पटायामा भएको प्रतियोगितामा वैभवीले फिलिपिन्स र थाइल्यान्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक चुमेकी हुन् ।
क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन्। त्यसैगरी, पुम्से विधामा दुई राउन्ड जित हासिल गर्दै कास्य पदक हात पारिन्।