२० मंसिर २०८२, शनिबार

उत्तरकाशीमा भीषण वर्षा हुँदा ठूलो विपत्ति, चार जनाको मृत्यु

धराली गाउँको बजार नै बगायो, राहत–उद्धार कार्य जारी
Logo
Pulse Khabar मंगलबार, साउन २०, २०८२

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा आज भीषण प्राकृतिक विपत्ति आएको छ । हर्षिल क्षेत्रअन्तर्गत खीर गंगा गदेरेमा अचानक बाढी आएको हो । बाढीले धराली गाउँ सबैभन्दा बढी प्रभावित भएको छ । यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ठूलो मात्रामा सम्पत्ति नष्ट भएको छ ।

उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी ९डीएम० प्रशान्त आर्यका अनुसार, जिल्ला प्रशासनका टोलीहरू घटनास्थलमा पुगेका छन् । निरन्तर राहत तथा उद्धार कार्य भइरहेको छ । उनले प्रभावित क्षेत्रमा अतिरिक्त मद्दत पठाउने तयारी भइरहेको जानकारी दिए ।

स्थानीय बासिन्दा आस्था पवारले बीबीसीसँग घटनाको प्रत्यक्षदर्शी विवरण सुनाउँदै भनिन्, – ‘मैले आफ्नै आँखै अगाडि धेरै होटलहरू बग्न देखेँ । पहिलो भेल अत्यन्तै शक्तिशाली थियो, त्यसपछि हरेक १०–१५ मिनेटमा मलबाको सानो–सानो भेल आउँदै गयो। ती साना भेलहरूले समेत होटल बगाउँदै लगे ।’

धराली गाउँ गंगोत्री जाने बाटोमा हर्षिल भ्याली नजिकै पर्छ । यहाँ धेरै तल्ला भएका होटल र ठूलो बजार थियो, जुन अहिले पूरै नष्ट भएको छ । स्थानीयका अनुसार, कल्प केदार मन्दिर समेत यो विपत्तिमा क्षतिग्रस्त भएको छ ।

स्थानीय बासिन्दाले दुर्घटनाअघि कुनै चेतावनी वा अलर्ट नआएको बताएका छन् । आस्था पवार भन्छिन्, – ‘हामीलाई कुनै अलर्ट दिइएको थिएन। स्कूल खुला थिए, बिदा थिएन । कसैलाई थाहा थिएन कि यस्तो ठूलो विपत्ति आउँछ ।’

यस प्राकृतिक विपत्तिपछि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुःख व्यक्त गर्दै राहत तथा उद्धारलाई प्राथमिकता दिने बताएका छन् । उनले एक्समा लेख्दै भनेका छन् कि उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहँदै स्थिति माथि निगरानी राखिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले पनि शोक व्यक्त गरेका छन्। शाहका अनुसार, प्रभावित क्षेत्रमा आईटीबीपीका ३ टोली र एनडीआरएफका ४ टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206