१८ कार्तिक २०८३, मंगलबार

एनपिएल : पोखराद्वारा लुम्बिनीसामु ९८ रनको लक्ष्य प्रस्तुत

Logo
Pulse Khabar मंगलबार, कार्तिक १८, २०८३

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि चमिका करुणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे ।लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २, शेर मल्ल, अभिषेश गौतम र कप्तान रोहित पौडेलले १/१ विकेट लिए ।

जारी संस्करणमा चहिलेसम्म लुम्बिनी लायन्स अपराजित छ । उसले दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने जितविहीन छ । उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो । मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206