१७ कार्तिक २०८३, सोमबार

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने

Logo
Pulse Khabar सोमबार, कार्तिक १७, २०८३

काठमाडौँ: कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।एक्काइस वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका ब्याटिङ अलराउन्डर हुनुहुन्छ । उहाँले बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट खेल्नुभएको छ ।

उहाँ कर्णालीमा आबद्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुनुहुन्छ । यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसक्नुभएको छ । जिशनले लिस्ट ‘ए’ का ४९ खेलमा एक हजार २९५ रन बनाउनुभएको छ । उहाँले २७ टी–२० अन्तरराष्ट्रिय खेलमा ५७१ रन जोडनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206