१५ कार्तिक २०८३, शनिबार

एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्छ : प्रदेश प्रमुख

Logo
Pulse Khabar शनिबार, कार्तिक १५, २०८३

सप्तरी: मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभले एक–अर्काको भाषा र संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

फत्तेपुरम–५ गङ्गाजलीमा आज दुई दिने आदिवासी जनजाति साहित्य महोत्सको उद्घाटन गर्दै उहाँले कला एवं संस्कृति देशको पहिचान भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।प्रदेश प्रमुख लाभले भन्नुभयो, “एकले अर्काको संस्कृति र भाषालाई सम्मान गर्नुपर्छ । आदिवासी जनजाति, मधेसीलगायत सबैको अधिकार सुनिश्चित गरेर व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।” मुलुकको कुनै वर्ग समुदायको संस्कृति डुबेमा राष्ट्रियको अमूल्य गहना डुब्ने उहाँको भनाइ छ ।कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबाबु थापामगरले साहित्य समाजको ऐना भएकाले यसलाई निरन्तरता दिन हरेक पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आदिवासी जनजातिको अधिकार संविधानमा लेखिए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । अब अधिकार कागजमा होइन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ ।मधेस प्रदेशका पूर्वमन्त्री राजकुमार लेखीले आदिवासी जनजातिको मुद्दा तीन तहको सरकारसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संविधान र तीन तहको सरकारले आदिवासी जनजातिलाई केही उपलब्धि भएको छ । संविधान र ऐनले अधिकार दिएपनि कार्यान्वयनका लागि आफै सचेत भई यसलाई दिगो बनाउन आवश्यक छ ।”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206