१२ कार्तिक २०८३, बुधबार

एनपीएलः सुदूरपश्चिमविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ सुरु

Logo
Pulse Khabar बुधबार, कार्तिक १२, २०८३

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलमा पावर प्लेमा नै विकेट गुमाउँदा टोलीलाई कठिन भएको बताए। उनले आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन्। सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिएको छ।एनपीएलमा पोखराले पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम पहिलो जितको खोजीमा छ। सुदूरपश्चिम आफ्नो पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । पोखरा भने अघिल्ला दुई संस्करणमा सुदूरपश्चिमसँग बेहोरेको हारको बदला लिने लक्ष्यमा छ।कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा अघिल्ला दुवै संस्करणमा सुदूरपश्चिमसँग पराजित भएको थियो।

पहिलो संस्करणमा सुदूरपश्चिमले पोखरालाई ५ रनले हराएको थियो भने दोस्रो संस्करणमा १८ रनले पराजित गरेको थियो। पहिलो संस्करणमा १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १ सय ४८ रनमा समेटिएको थियो। दोस्रो संस्करणमा १ सय ९४ रनको लक्ष्य पाएको पोखराले ८ विकेट गुमाएर १ सय ७५ रन मात्रै बनाउन सकेको थियो।अघिल्ला दुई संस्करणमा प्लेअफमा पुग्न नसकेको पोखरा यसपटक राम्रो प्रदर्शन गर्दै आफ्नो स्थिति सुधार्ने योजनामा छ। एनपीएलका आठ टोलीमध्ये अघिल्ला दुवै संस्करणमा प्लेअफ पुग्न नसकेको टोली पोखरा मात्रै हो।यता, लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ। तर, प्रतियोगिताको सुरुवात नै हारबाट गरेको सुदूरपश्चिमका लागि पोखराविरुद्धको खेल जितको लय समात्ने अवसरका रूपमा रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206