३० आश्विन २०८३, शुक्रबार

पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा वर्षासहित हिमपातको सम्भावना

Logo
Pulse Khabar शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं:देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले शुक्रबार (आज) हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति हिमाली भूभागमा साधरणतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्दै सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206