०१ कार्तिक २०८३, शनिबार

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

Logo
Pulse Khabar बिहिबार, आश्विन २९, २०८३

जुम्ला: जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् ।

यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जुम्ला, कालीकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कूल ९३ जना खेलाडी सहभागी भएका जनाउँदै उहाँले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउँदा २१ जना खेलाडी प्रथम हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका बताउनुभयो ।

उक्त खेलमा छनोट भएका खेलाडी पुरुषतर्फ रुकुम पश्चिमका लालबहादुर परियार, कमल खड्का, खड्क विक र रमेश गुरुङ, कालीकोटका विराज बम, सुर्खेतका जीवन सार्की, सल्यानका योगेन्द्र शाह र लीलाधर नेपाली तथा जुम्लाका नरेन्द्र रावत छन् । महिलातर्फ जुम्लाकी निशा बुढा, सरला खत्री र ज्ञानिता कुलाल तथा सुर्खेतकी दिप्ती नेपाली, देवीसरा सुनार र विविका बस्नेत छनोट भएका छन् । साथै पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्रीलगायत खेलाडी पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलकुद विकास समितिको कार्यालय जुम्लाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206