२९ आश्विन २०८३, बिहिबार

लागुऔषध खैरो हेरोइनसहित विराटनगरबाट दुई युवक पक्राउ

Logo
Pulse Khabar बिहिबार, आश्विन २९, २०८३

विराटनगर:विराटनगरबाट प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई युवकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–७ स्थित मातृका मार्गबाट बुधबार साँझ प्रहरीले ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली खटिएको थियो ।प्रहरीका अनुसार प्रदेश १–०२–०५१ प १९०१ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका विराटनगर महानगरपालिका–१७ रानीका १९ वर्षीय बासु मण्डलको साथबाट ब्राउन सुगर बरामद भएको हो ।

उनीसँगै रहेका रानीकै १८ वर्षीय आशुतोष साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206