२८ आश्विन २०८३, बुधबार

‘सुरक्षा सँगसँगै जीवनदान’: प्रहरी दिवसमा २०६ जनाद्वारा रक्तदान

Logo
Pulse Khabar बुधबार, आश्विन २८, २०८३

विराटनगर:७१औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लामा आयोजित रक्तदान कार्यक्रममा २०६ जनाले रक्तदान गरेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मंगलबार विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा १३६ जनाले रक्तदान गरेका छन् । नेपाल प्रहरी अस्पताल इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थीको सहभागिता थियो ।कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनाल र मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल लगायतले रक्तदान गरेका थिए ।

यसैगरी, ७१औँ प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम र धनकुटाले पनि रक्तदान कार्यक्रमका आयोजना गरेका छन् । ती जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयसहित ७० जनाले रक्तदान गरेका छन् ।प्रहरी दिवसलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएका रक्तदान कार्यक्रमले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206