काठमाडौं:पश्चिमी वायु र मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बुधबार) देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।
तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने पहाड र तराईका अधिकांश स्थानमा मौसम सफा छ । दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।पहाडी तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहे पनि देशभर व्यापक वर्षा हुने अवस्था भने देखिएको छैन ।
