२७ आश्विन २०८३, मंगलबार

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

Logo
Pulse Khabar मंगलबार, आश्विन २७, २०८३

भोजपुर:भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ ।हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकाले पछिल्ला वर्षमा देवस्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि यसको महत्व थप बढ्दै गएको छ । गाउँपालिकाले देवस्थल परिसरमा फलामको बारसहितको पदमार्ग निर्माण गरेको छ । आवतजावत सहज बनाउन सडक विस्तार गरेको छ । महादेव थान संरक्षण समिति गठन गरेर यस क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासको काम अघि बढाइएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।“महादेव थान यहाँको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो”, अध्यक्ष राईले भन्नुभयो, “यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई जोगाउँदै आवश्यक पूर्वाधार विकासमा काम गरिरहेका छौँ । संरक्षणका काम अघि बढेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ ।”विभिन्न कारणले लामो समयदेखि रोकिएको यहाँको मेला पछिल्लो समय स्थानीयवासीको पहलमा पुनःसञ्चालन गरिएको छ ।

गाउँपालिकाले विसं २०८० देखि पूजापाठ तथा सद्बीज छर्ने कार्यक्रम सुरु गरेपछि यस स्थलको धार्मिक गतिविधि थप सक्रिय बनेको छ । विशेषगरी बालाचतुर्दशीका अवसरमा यहाँ मेला, पूजापाठ तथा भजनकीर्तन हुने गरेको छ ।गुफासहितको प्राकृतिक बनावटले यस क्षेत्रलाई थप आकर्षक बनाएको स्थानीयवासी लालबहादुर प्रधानले बताउनुभयो । यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन आउने गरेको उहाँको भनाइ छ ।महादेव थान परिसरमा गुफासँगै विभिन्न देवीदेवताका मूर्ति रहेका छन् । धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संयोजनले यस स्थललाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाएको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो ।वडा तथा गाउँपालिकाको पहलमा देवस्थलको संरक्षण र पूर्वाधार विकासका काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्नसके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने वडाध्यक्ष विष्टको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206