२७ आश्विन २०८३, मंगलबार

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता

Logo
Pulse Khabar मंगलबार, आश्विन २७, २०८३

नारायणगढ (चितवन): सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ ।

बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक मर्मत गरी चाडपर्वमा यात्रा सहज बनाउन काम तीव्र पारिएको हो ।सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार यस वर्ष बाढी, पहिरो र वर्षाका कारण विभिन्न स्थानमा सडकमा क्षति पुगेकाले चाडपर्वलाई ध्यानमा राखेर मर्मतको काम तीव्र पारिएको हो । उहाँले सडक मर्मत नियमित काम भए पनि यस वर्ष थप प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो ।“हामी नियमित रुपमा सडक मर्मत गर्छौं । यस वर्ष चाडपर्वलाई लक्षित गरी कामलाई तीव्रता दिएका छौँ । यात्रुलाई सहज रूपमा यात्रा गर्नसक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी र भरतपुर–मेघौली सडकखण्डका साथै नवलपुर–पाल्पा–कालीगण्डकी करिडोरमा नियमित मर्मत भइरहेको छ । तीमध्ये धेरै स्थानमा मर्मतको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको आवागमन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुग्ने गरेको आचार्यले बताउनुभयो । उहाँले सडकको क्षति कम गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न आग्रह गर्नुभयो ।कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडक मर्मत गरिरहेको छ । हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गरी आवश्यकताअनुसार इमल्सन प्याच प्रविधिसमेत अपनाएर सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206