२७ आश्विन २०८३, मंगलबार

सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल

Logo
Pulse Khabar मंगलबार, आश्विन २७, २०८३

घोराही: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङद्वारा आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्याएका प्रतिपक्ष दललाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन २१ मा जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावनाअनुरुप काम गर्नुपर्नेमा अलमलिएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य र कोमल वली, पार्टी जिल्ला अध्यक्ष शिवकुमार आचार्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम डाँगीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, त्यस अवसरमा जिल्ला उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत एवं सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206