२६ आश्विन २०८३, सोमबार

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

Logo
Pulse Khabar सोमबार, आश्विन २६, २०८३

बर्दिया: यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ ।

गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो ।डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उहाँले जानकारी दिनुभयो ।गत बिहीबार मध्यराति राजापुर नगरपालिका-३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उहाँको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईंले बताउनुभयो । “मानिसमाथि आक्रमण गरेपछि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौँ”, उहाँले भन्नुभयो । आज मात्रै नियान्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो ।चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206